Logo

ला लिगामा एट्लेटिको मड्रिडको जित



काठमाडौं, २८ भदौ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले स्पानियोल माथि जित निकालेको छ । आइतबार भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४०औं मिनेटमा राउल डी टोमसले गोल गर्दै स्पानियोललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ७९औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई १–१ गोलको बराबरीमा फर्काए । साथै, खेलको इन्जुरी समयमा थोमस लेमारले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।
जितसँगै एट्लेटिकोले ४ खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्