पौडेल समूहद्वारा डडेल्धुराको वडा अधिवेशन अस्वीकार


काठमाडौं, भदौ २८ । नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन नेता रामचन्द्र पौडेल समूहले अस्वीकार गर्ने तयारी गरेको छ।

जिल्ला कार्यसमितिले अनियमिता भएको भन्दै प्रमाणसमेत सार्वजनिक गर्दागर्दै प्रहरी प्रशासनको बलमा अधिवेशन गराएको भन्दै पौडेल पक्षले अस्वीकार गर्ने तयारी गरेको हो।

त्यसका लागि पौडेल पक्षले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ भने दिउँसो पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागेको छ।

Skip This

Omoda E5 Pro