Logo

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो अनलाईन डिम्याट खाता खोल्न सकिने सेवा



काठमाडौं, २८ भदौ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा थप गरेको छ । बैंकको अनुसार ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

ग्राहकले अनलाइर्न मार्फत डिम्याट खाता खोल्न बैंकको वेबसाईटमा रहेको अप्लाइ नाउ सेक्सनमा गई वा सिधै लिंक प्रयोग गरेर सहजै अनलाईनबाट डिम्याट खाता खोल्न सक्ने बैंकले जनाएको छ । साथै माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकहरुले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकहरुले अनलाईन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पूरा गरीसकेपछि एकपटक आफुलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजात सहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् ।

कोरोना माहमारीको जोखिम कायमै रहिरहेको समयमा, कोरोना संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन साथै देशका जुनसुकै स्थानबाट समेत सजिल्यै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहज होस् भन्ने उद्धेश्यका साथ बैंकले उक्त सेवा संचालनमा ल्याएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्