Logo

बेन्जिमाको ह्याट्रिकमा रियलको रोमान्चक जित



एजेन्सी, २८ भदौ । ला लिगामा करिम बेन्जिमाको ह्याट्रिकमा रियल मड्रिडले शानदार जित निकालेको छ । आईतबार राति भएको खेलमा सेल्टा भिगोलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । खेल रियल मड्रिडको घरेलु मैदानमा भएको थियो ।

पाहुना टोली सेल्टा भिगोले खेलको चौथो मिनेटमा मिना लोरेन्जोको गोलमा अग्रता लिएको थियो ।करिम बेन्जिमाले २४औं मिनेटमा रियललाई बराबरीमा ल्याएका थिए । फ्रेन्को सर्विकले ३१औं मिनेटमा पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

बेन्जिमाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै रियललाई पुन बराबरीमा ल्याए ।साथै, भिनिसियस जुनियरले ५४ औं मिनेटमा रियललाई अग्रता दिलाए । एडुआर्डो कैमाविङ्गाले ७२औं मिनेटमा रियलका लागि चौथो गोल गरे । खेल सकिन तीन मिनेट अघि बेन्जिमाले ह्याट्रिक पुरा गरे । जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्