Logo

कतारका विदेशमन्त्री शेख मोहम्मद अफगानिस्तानमा



एजेन्सी, २८ भदौ। कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी अफगानिस्तान भ्रमणमा छन् । उनी अफगानिस्तानको राजधानी कबुल पुगेको जनाइएको छ।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि विदेशी प्रतिनिधिमण्डलको भ्रमण पहिलो पटक रहेको जनाइएको छ । तालिवानसँगको भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास लगायत विषयमा छलफल भएको उल्लेख छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्