Logo

सिद्धार्थ क्यापिटलको साधारण सभा असोजमा



काठमाडौं, २८ भदौ । सिद्धार्थ क्यापिटल लिमिटेडको असोज १८ गते साधारण सभा बस्ने भएको छ । कम्पनीको १०औं साधारण सभा नक्साल काठमाडौंमा साझ ४ बजे हुने भएको हो ।

कम्पनीको सभाले ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने भएको छ । त्यस्तै, ०७८/७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्ने जनाएको छ ।

यसको साथै सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकमलाई समेत पारित गर्ने भएको छ । सभा भर्चुअल माध्यमबाट गरिने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्