Logo

एमसीसीबारे ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा चिरफार (भिडिओसहित)



काठमाडौं, २८ भदौ । पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले एमसीसी नेपाल ल्याउने सूत्रधार नभएको स्पष्ट पारेका छन् । उनले एमसीसी राष्ट्रघाती भनेर के आधारले भन्ने ? भन्दै प्रश्नसमेत उठाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. नेपालले एमसीसी सम्झौता हुँदासम्म नेपालका सबै दलहरुको संलग्नता रहेको खुलासा गरेका हुन् ।

पूर्वाधार विकास विज्ञ तथा अध्येता डा. सूर्यराज आचार्यले एमसीसीलाई जस्ताको त्यस्तै पास गर्न नहुने बताएका छन् । एमसीसीबारे राज्य संयन्त्रमा बसेका जिम्मेवार व्यक्तिहरुबाट भ्रम फैलाईएको र सही सूचना सम्प्रेषण नभएको जिकिर गरेका छन् । उनले झलनाथ खनाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन नै वस्तुगत भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्