Logo

नेकपा (एकीकृत समाजवादी) प्रदेश नम्बर १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन



काठमाडौं, २८ भदौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश नम्बर १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । आज बसेको प्रदेश संसदीय दलको बैठकले राईलाई दलको नेतामा चयन गरेको हो । प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) पार्टीमा १० सांसद छन् ।

आज प्रदेशसभा सचिवालमा संसदलीय दलको नेचा चयनसम्बन्धी जानकारी गराउने सो दलको तयारी छ । प्रदेश नम्बर १ मा मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा परेको छ । प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा सरकार बनाउने तयारी भएको छ । तर, यसबारेमा सत्तासिन गठबन्धनमा आवद्ध दलका नेताहरुबीच सहमति गर्नुपर्ने छ । file photo



प्रतिक्रिया दिनुहोस्