Logo

घाममा छाला किन डढ्छ, यो समस्याबाट कसरी छुटकारा पाउने



एजेन्सी, २८ भदौ । घामको परावैजनी किरणको अत्यधिक सम्पर्कमा आएपछि छाला डढ्ने गर्छ । लामो समय अथवा बारम्बार घाममा बस्नाले छाला डढ्छ । छाला डढ्दा छालालाई मात्र होइन् अन्य रोगको खतरा समेत बढाउछ । यसले रुखो छाला, कालो दाग र छालाको क्यान्सर जस्ता रोगपनि बढाउछ ।

सनर्बन तथा सम्बन्धित रोगहरुबाट आफ्नो छालाको रक्षा गर्न सकिन्छ । आफु घरबाट बाहिर निस्कदा छालाको बिशेष ख्याल राख्नुपर्छ ।
मेलानिनः छालाको बाहिरी भागमा पाइने पिगमेन्ट हो, जसले छालालाई सामान्य रंग प्रदान गर्छ । जब तपाई प्रकाशको सम्पर्कमा आएमा मेलानिन तिव्र रुपमा बढेर हाम्रो छालालाई बचाउने काम गर्छ । तर अत्यधिक मेलानिनको उत्पादनको कारण छालाको रंग कालो हुन्छ अर्थात डढ्छ ।

सुर्यको प्रकाशबाट छाला डढ्नबाट बचाउन र अन्य छालामा पुग्ने नोक्सानबाट जोगाउने तरिका सनटैन हो । तर उसको पनि सुरक्षा भने गर्नुपर्छ । शरीरमा उत्पादित हुने मेलानिनको मात्रा आनुवंशिक रुपमा निर्धारित हुन्छ । धेरै मानिसहरुको छालालाई बचाउनको लागि पर्याप्त मेलानिनको उत्पादन हुन सक्दैन् । युवी किरणले छालालाई डढाउछ जसको कारण दुखाई हुने, रातो हुने र सुन्निने जस्ता छालामा समस्या हुन्छ ।

कसैलाई चिसो मौसम वा वर्षाको समयमा पनि छाला डढ्ने समस्या हुन्छ । करिब ८० प्रतिशत मानिसहरु युवी किरणबाट सिकार भएका छन् । सुर्यको प्रकाशको सिधै सम्पर्कमा आउदा पनि गम्भिर रुपमा छाला डढ्न सक्छ ।

छाला डढ्नबाट कसरी बच्ने
-छालालाई बचाउने हो भने सकेसम्म घाममा ननिस्कने । निस्कनै परेमा छालाको सुरक्षामा पुर्ण रुपमा ध्यान दिने ।
-घामको सट्टा शितलमा बस्ने, हिड्ने
-घामबाट आँखा जोगाउनको लागि सनग्लासको प्रयोग गर्ने
-शरीरलाई घामबाट जोगाउन पुरै कपडा लगाउने, शरीरको सबै अंग ढाक्ने गरी कपडा लगाउने ।
-सकेसम्म बिहान १० बजेपछि र बेलुका ४ बजेको बिचमा घाममा ननिस्कने, किनकी यस समयमा सुर्यको किरण सबैभन्दा तिव्र हुनेगर्छ ।
-सनस्क्रिनको प्रयोग गर्ने । तपाईको छालाको प्रकार अनुसारको एसपीएफ १५ वा त्यो भन्दा बढी स्पेक्ट्रेम प्रोटेक्शन भएको सनस्क्रिनको उपयोग गर्नुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस्