Logo

इराकी प्रधानमन्त्री इरानमा



२८ भदौ : इराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी इरान पुगेको समाचारमा जनाइएको छ । उनी आइतबार इरानको राजधानी तेहरान पुगेको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार प्रधानमन्त्री मुस्ताफाले इराकको उच्चस्तरीय राजनीतिक तथा आर्थिक टोलीको नेतृत्व गरी इरान पुगेका हुन् ।

उनले इरानका आफ्ना समकक्षीसँग विभिन्न द्धिपक्षीय तथा अन्य आन्तरिक विषयमा वार्ता गर्ने बताइएको छ । प्रधानमन्त्री मुस्ताफाले इरानी राष्ट्रपति इब्राहिल राइसीसँग वार्ता गर्ने छन् । त्यसक्रममा उनीहरुबीच आपसी हितका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी गर्ने बताइएको छ । साथै सो वार्तापछि इराक र इरानका विभिन्न सहमती र समझ्दारी हुने पनि बताइएको छ । तर के कति विषयमा यी दुई देशका बीचमा सहमति हुदैछ भन्ने बारेमा भने केही बताइएको छैन ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्