Logo

दीपक–दीपासँग दोस्रो पटक सहकार्य गर्दै रोहित



काठमाडौं, २८ भदौ । ‘गाजलु’ फिल्मबाट फिल्म निर्माणमा लागेका रोहित अधिकारीले अब दीपकराज गिरी र दीपाश्री निरौलासँग सहकार्य गर्ने भएका छन् ।

दीपा र दीपकसँगको उनको यो सहकार्य दोस्रो पटक हो । अधिकारीले २०७६ सालमा दीपक र दीपाश्रीको समुहसँग मिलेर ‘छ माया छपक्कै’ निर्माण गरेका थिए । फिल्मले सफलता पाएसँगै रोहितले पनि राम्रो नाफा कमाएका थिए ।

अब दीपक र दीपाको टिमसँग मिलेर नयाँ फिल्म निर्माण गर्ने तयारीमा रोहित जुटेका छन् । अब निर्माण हुन लागेको फिल्म मल्टीस्टार हुने र दीपाश्री निरौलाको पनि मुख्य भुमिका हुने उनको भनाई छ । लकडाउन अगाडी रोहितले निर्देशक दिनेश राउतसँग पनि फिल्मको लागि कागजी सम्झौता गरेका थिए । तर हालसम्म काम अगाडी बढ्न सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्