Logo

चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारी टोली सीमा विवाद भएको स्थानमा पुग्यो, १५ वटै पिल्लरको स्थलगत अवलोकन गर्ने



काठमाडौं, २८ भदौ । चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारद्धारा गठित अध्ययन समितिको टोली सीमा विवाद भएको क्षेत्र पुगेको छ । टोली शनिबार हुम्ला पुगेको थियो । हुम्ला पुग्नेबित्तिकै टोलीले सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि अन्तरक्रिया गरेको थियो । उक्त टोली हिजो नै सीमा विवाद भएको क्षेत्र पुगेको थियो ।

गृह मन्त्रालयका सहसचिब जयनारायण आचार्य संयोजक रहेको अध्ययन समितिको टोलीले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी क्षेत्रको सीमा अवलोकनका लागि पुगिसकेको छ । अध्ययन टोलीले १५ वटै सीमा स्तम्भको स्थलगत अवलोकन गर्ने जनाईएको छ । उक्त टोलीमा जीवन बहादुर शाही पनि सहभागी छन् ।

गत वर्ष लिमी क्षेत्रमा चीनले नेपाली भूमि मिचेको सार्वजनिक भएको थियो । त्यतिबेला तत्कालीन हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीले चीनले नेपाली भूमिमा भवन भएको देखिएको बताएका थिए । तर, तत्कालीन ओली सरकारले भने चीनसँग कुनै सीमा विवाद नरहेको बताएको थियो । चीनले पनि कुनै सीमा विवाद नरहेको बताएको थियो ।

चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति हुम्ला प्रस्थान्, शाहीपनि सँगै जाने

नेपाली कांग्रेसका कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीको टोलीले सीमा क्षेत्रको अवलोकनपछि चीनले सीमा मिचेको प्रतिवेदन दिएको थियो । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चीनसँग कुनै सीमा विवाद नभएको दाबी गरिसकेका छन् । पार्टीले आयोजना गरेका सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका थिए । ओलीले सरकारले चीनलाई चिढ्याउनको लागि अध्इयन समिति गठन गरेको भन्दै आपत्ति जनाएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्