Logo

विवाहबारे क्याट्रिना र विक्कीको परिवार के भन्छन्



एजेन्सी, २८ भदौ । बलिउडकी चर्चित अभिनेत्री क्याट्रिना कैफ र विक्की कौशलको अफेयरले लामो समय चर्चा पायो । उनीहरुको विवाहको समाचारले पनि केही दिन यता स्थान पाइरहेको छ । तर यो समाचारमा कुनै सत्यता नभएको विक्कीका परिवार बताउछन् ।

एक अन्तर्वार्ताको क्रममा सनी कौशलले भने, ‘मलाई याद छ विक्की त्यो बिहान जिम गएका थिए घरमा विवाहको हल्ला फैलिन थाल्यो। जबउनी जिम बाट घर फर्के, आमा र बुबाले मजाकमा सोध्नुभयो, तिम्रो विवाह रे त, हामीलाई मिठाई खुवाउनु पर्यो ।’ यो कुरा कसरी आयो मलाई केही थाहा छैन् भन्दै विक्की नै अलमलमा परेको उनले सुनाए ।

विक्की र क्याट्रिना कैफ पछिल्लो समय एक अर्कासँग क्वालिटी टाइम बिताइरहेको देखिन्छ । भर्खरै मात्र उनीहरु सँगै छुट्टी मनाएका थिए । यद्यपी आजसम्म आफ्नो सम्बन्धको बारेमा आधिकारीक रुपले उनीहरुले जानकारी दिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot