Logo

सभामुख र निर्वाचन आयोगविरुद्ध ओलीले दायर गरेको रिटमाथिको आजको सुनुवाई ‘हेर्न नभ्याईने’ मा



काठमाडौंं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको आजको सुनुवाइ हेर्न नभ्याइने भएको छ ।

एमालेले माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त नगरी सभामुख सापकोटाले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट हालेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलासमा मुद्दाको सुनुवाइ तोकिए पनि आज उक्त रिटमाथिको सुनुवाई हेर्न नभ्याईनेमा परेको हो । आज बेञ्च–बार समन्वय समितिको बैठक परेकोले उक्त रिट हेर्न नभ्याइनेमा परेको हो । file photo

 

 



प्रतिक्रिया दिनुहोस्