Logo

मृत घोषित अल–कायदा प्रमुख सार्वजनिक



एजेन्सी, २८ भदौ । अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको आतंवादी हमलाका मुख्य योजनाकार मध्ये एक हुन् आइमान-अल-जवाहिरि । हमलाको केही महिनापछि नै अमेरिकी आक्रमणमा उनी मारिएका खबर बाहिर आएको थियो अमेरिकाले पनि उनलाई मृत घोषित गरेको थियो ।

तर, २० वर्षपछि उनी एक भिडियोमार्फत सार्वजनिक भएका छन् । जीहादीहरुको बेवसाइट हेर्ने इन्टिेलिजेन्स ग्रुपले यसको पुष्टि गरेको हो । उनले सार्वजनिक गरको भिडियो शनिबार पत्ता लागेको बुझिएको छ ।
भिडियो सन्देशलाई उदृत गर्दै सञ्चारमाध्यम हिन्दूले लेखेको छ,‘जेरुसेलम कहिलेपनि यहुदीकरण हुनेछैन । अल–कायदाले गरेको हमलालाई म प्र्रशंसा गर्छु । अफगास्तिानबाट अमेरिकी फौजको करिब २० वर्षपछि फिर्ता भएको छ । अमेरिकाले अफ्नो सैन्य शक्तिलाई फिर्ता बोलउन विषय सन् २०२० को फेब्रुअरी मै सम्झौता भएको थियो ।’

जवाहिरीले अफगानिस्तानको तत्कालका घटनामाथि निन्दा नगरेको समेत जनाइएको छ । उनले सिरियाको रक्का शहरमा रुसी सैन्य विरुद्ध गरेको कारवाहीको निन्दा गरेका छन् । रेर्कड गरेको भिडियो ६१ मिनेट, ३७ सेकेण्डको रहेको छ । जवाहिरी इजिप्टका नागरिक हुन् । उनीे ओसामा विन लादेनको मृत्यु पछि अल–कायदाका प्रमुख बनेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्