Logo

मोरक्कोमा २६ नयाँ सांसदहरु निर्वाचित



२८ भदौ : मोरक्कोमा २६ नयाँ सांसद निर्वाचित भएका छन । केही दिन अगाडि भएको निर्वाचनको नतिजाअनुसार अहिलेसम्म २६ जना निर्वाचित भएका हुन । निर्वाचन आयोगले अहिलेसम्म २६ जना निर्वाचित भएको घोषणा गरेको जनाएको छ ।

अहिलेसम्म निर्वाचित मध्ये १४ जना प्रत्यक्ष र अरु १२ जना अप्रत्यक्ष निर्वाचित भएका पनि आयोगको अधिकारीहरुले जानकारी दिएका छन् ।

मोरक्कोमा ३३ जना सांसद निर्वाचित हुनेगरी प्रतिनिधि सभाको सातौ चरणको निर्वाचन गत आइतबार भएको थियो । अहिले निर्वाचित भएका २६ बाहेक अरु ७ जना मतका आधारमा पछि मनोनित हुने जनाइएको छ । तल्लो सदनका नयाँ निर्वाचित सांसदहरुको कार्यकाल आगामी अक्टोबरदेखि सुरु हुनेछ माथिल्लो सभाका सदस्यहरुका लागि आगामी अक्टोबर ५ मा निर्वाचन हुन लागेको छ ।

मोरक्कोमा शुक्रबार मात्रै नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । नेसनल ¥याली अफ इन्डेपेन्डेन्ट (आरएनआई) का अध्यक्ष समेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारी समेत राजाले दिएका छन् ।

यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरवारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ । निर्वाचनमा उहाँको पार्टीले जित हासिल गरेको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अजिज अहिले ६१ बर्षको भएका छन् । उनले सन् २००७ देखि २०१७ सम्म कृषि मन्त्रीका रुपमा सेवा गरेका थिए ।

उनको आगमनसँगै जस्टीस एण्ड डेभ्लभमेन्ट पार्टीको सरकार अन्त्य भएको छ । सो पार्टीले गत सन् २०११ देखि गठवन्धन सरकार चलाउदै आएको थियो । मोरक्कोमा गत बुधबार तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि मतदान भएको थियो ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot