Logo

ओलम्पिक पदक खेलाडीको घरबाट गायब



एजेन्सी, २८ भदौ । रुसी टेनिस खेलाडी एलेना भेसनिनाले टोक्योमा भएको ओलम्पिकमा रजत र ब्राजिलमा स्वर्ण पदक जितेकी थिइन् । उनले जितेका दुई पदक उनकै घरबाट चोरी भएको छ । उनले सञ्चारमाध्यम तासलाई उक्त विषयको जानकारी गराएकी हुन् ।

उनको भनाई उदृत गर्दै तासले लेखेको छ,‘म र मेरो श्रीमान डिनरका लागि बाहिर गएका थियौँ । घर फर्केपछि मेरो दुई पदक थिएन् । दुवै पदक कसैले चोरी गरेको छ । पदकका साथ मेरो केही गहना चारी भएको साथै मेरो सेफ पनि फुटालेका छन् ।’

चोरी भएको सामानको मुल्यको तथ्यांक अझै प्रष्ट नभएको जनाइएको छ । चोरी भएपछि उनले प्रहरीमा खबर गरेकी थिइन् । प्रहरीको भनाईलाई उदृत गर्दै तासले लेखेको छ,‘हाम्रो खोजी र तलासी जारी छ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्