Logo

दुवै राजेन्द्र मुख्यमन्त्री बन्ने दाउमा



काठमाडौं, २८ भाद्र । नेकपा एकीकृत समाजवादीले प्रदेशहरुमा धमाधम संसदीय दलको नेता चयन गर्न थालेको छ । बागमती प्रदेशमा राजेन्द्र पाण्डे संसदीय दलका नेता भए । प्रदेश नं १ मा राजेन्द्र राई संसदीय दलको नेता चयन भएका छन् ।

संयोग नै मान्नुपर्छ माधव नेपाललाई साथ दिने हस्तीहरुमा दुवैको नाम राजेन्द्र हो । दुवै राजेन्द्र मुख्यमन्त्रीको दाबेदार छन् ।

नेकपा एमाले विभाजनपछि बागमती प्रदेश र प्रदेश नं १ मा सरकार ढल्ने अवस्थामा छ । त्यहाँ नेकपा एसले मुख्यमन्त्री दाबी गरिसकेको छ ।

सत्ता गठबन्धनबाट माओवादीले तीन र नेपाली काँग्रेसले एक स्थानमा मुख्यमन्त्री पाएको छ । काँग्रेसले लुम्बिनीमा आलोपालो समझदारी अनुसार अर्को वर्ष सरकारको नेतृत्व पाउनेछ ।

त्यसकारण नेकपा एसले बागमती र प्रदेश नं १ मा मुख्यमन्त्री दाबी गरेको छ । तर, दुईमध्ये एकमा काँग्रेसको दाबी देखिएको छ । नेकपा एसले दुवैमा पाएमा दुवैजना राजेन्द्र मुख्यमन्त्री बन्नेछन् । अन्यथा दुईमध्ये एकमात्र राजेन्द्रको भाग्योदय हुनेछ ।



प्रतिक्रिया दिनुहोस्