Logo

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



पर्वत, २८ भदौ । कर्तव्य ज्यान मुद्दाका २ फरार प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मोदी गाउँपालिका ८ चित्रे बस्ने २५ वर्षीय रबिन सुनार र सोही ठाउँ बस्ने २६ वर्षीय दल बहादुर नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्वतको २०७७ चैत १० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतको आदेशले कैद सजाय भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्