Logo

संसद्को अवरोध खुलाउन सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमालेद्धारा बहिष्कार (फोटोफिचर)



काठमाडौं, २८ भदौ । प्रतिनिधिसभाको बैठक सुचारु गर्ने उद्देश्यले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संसद् भवनस्थित् हलमा सुरु बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने बहिष्कार गरेको छ ।

सभामुखले कि १४ जना सांसदलाई पदमुक्त गर्नुपर्यो कि राजीनामा दिनुपर्ने नत्र बैठकमा नजाने एमालेको अडान छ । पछिल्लो समय एमालेले संसद् बैठक अवरुद्ध गरिरहेको छ ।

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी नेतृ दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवाल सहभागी छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्