Logo

ट्वीन टावरबाट मानिस खसेका दृश्य यसरी भयो कैद



एजेन्सी, २८ भदौ । ११ सेप्टेम्बर २००१ मा अमेरिकाको न्युयोर्कस्थित महत्वपूर्ण बक्सिङ भिडन्त तय भएको थियोे । भिडन्तमा पोर्टो रिकोका बक्सर फेलिक्स ट्रिनिड्याड र अमेरिकी बक्सर बर्नड हापकिङस्बीच भिडन्त हुनेवाला थियो ।

बक्सिङ भिडन्तको तस्बिर कैद गर्न पोर्टो रिकन पत्रिकाले आफ्नो फोटो पत्रकारलाई न्युयोर्क पठायो । बक्सर फेलिक्स ट्रिनिड्याड पत्रकारका निकै प्रिय मित्र थिए । जसरी पनि उनलाई तस्बिर कैद गर्न उनको मित्रले आउन आग्रह गरे ।

८ सेप्टेम्बर मा पत्रकार न्यु योर्कका लागि प्रस्थान गरे । ११ सेप्टेम्बरको विहान अमेरिकी बक्सरलाई अभ्यास गर्न अनुमति दिइएन । त्यसकारण उनी फिल्ड मै आफ्नो अभ्यास सुरु गरेका थिए । पत्रकारले त्यही बाटै आफ्नो पहिलो तस्बिर कैद गर्न सुरु गरे ।

उनको अफिसबाट अचानक न्युयोर्कको ट्वीन टावरमा आतंकबादी हमला भएको खबर आयो । उनले उक्त विषयलाई ठट्टाको रुपमा लिए । केही समय पछि उनलाई पत्रिकाका सञ्चालकले फोन गरेका थिए । पछि उनले पत्याए । उनलाई उक्त तस्बिर कैद गर्न निर्देशन दिए ।

त्यहाँ गएपछि उनले देखेको दृश्यले उनलाई स्तब्ध बनायो । त्यस क्षेत्रमा अत्यावश्यक बाहेकका मानिसलाई प्रवेश निषेध गरियो । भवन नजिक गइरहँदा त्यहाँको माहौल निकै भागदौडको थियो । पत्रकारले तस्बिर कैद गर्न सुरु गरे । २५ मिनेटपछि पत्रकार भवनको केही नजिक पुग्न सफल भए । पत्रकारले पुनः तस्बिर कैद गर्न सुरु गरे । उनी भवनमा प्रवेश गर्ने क्रममा दुई व्यक्तिले विशेष प्रकारको ज्याकेट लगाएको देखे । पत्रकारले ती व्यक्तिलाई देखपछि उनीहरुले नै विमान दुघर्टना गराएको आशंका गरे ।

अझ नजिक गए । श्याम वर्णकी महिलालाई भवनबाट हाम फोलेको देखे । उनी स्तब्ध भए । उनको शरीर खसिरहेको स्पष्ट देखे । उनले उक्त महिलाको तस्बिर कैद गरे । उनले उक्त विषय आफ्नो सहकर्मीलाई सुनाउँदा उनका साथीले मजाकको रुपमा लिए । भवनबाट हाम फालेकी महिलाको अनुहार पत्रकारले स्पष्ट देखेका थिए । र, उनी हावामा उड्दै खसिरहेकी थिइन् ।

उनीसित भवनबाट फाल हाल्नुकोे विकल्प नरहेको पत्रकारले अनुमान लगाएका थिए । त्यस पश्चात उनले अरु भवनमा हेर्दा अन्य व्यक्तिहरुले पनि आफ्नो ज्यान जोगाउन भवनबाट हाम फालिरहेको देखे । भवन धवस्त भयो । मानिसहरुले चिच्याइरहेको आवाज सुन्दा स्तब्ध भए । तस्बिर कैद गरेपछि होटल फर्किए र कैद गरेका तस्बिरलाई मेल गरे । पुरै दिन होटल कै कोठमा बिताए । उनी धैरै रोए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्