Logo

ऋषि धमलाको उद्घोष : ‘आजबाट म नेपाललाई गाँजामुक्त बनाउने अभियानमा लागें’



काठमाडौं, २८ भदौ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले युवाहरुलाई कुनैपनि कुलत र दुव्र्यसनीमा नफस्न आग्रह गरेका छन् । यदि कोही फसेको भए त्यसबाट बाहिर आउन आग्रह गरेका छन् । नार्कोनन नेपालको कार्यालय निरीक्षणको क्रममा पत्रकार धमलाले यस्तो बताएका हुन् । उनले समाज परिवर्तनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै आफू आजैबाट नेपाललाई लागुऔषधमुक्त देश बनाउने अभियानमा लागिपर्ने पनि उद्घोष गरे ।

उनले भने,‘म अब समाजमा लागुऔषधमुक्त बनाउँछु । लागुऔषधले समाजलाई सिध्याउँछ । युवा पुस्ताको भविष्य अन्धकार छ । आजबाट गाँजा खेतीलाई निषेध गर्नुपर्छ भन्ने अभियानमा पनि लागेको छु । गाँजा खेती गरेर देश धनी बनाउने कुरा गर्नु नै गलत हो । बरु, म त गाँजा उन्मुलन देश बनाउन चाहन्छु । गाँजाको खेती गर्न पाउनुपर्ने भन्दै आवाज उठाउने सांसदहरुलाई म भन्न चाहन्छु कि पहिला तपाईका परिवारका सदस्यलाई राखेर गाँजा खुवाउनुहोस ।’

उनले गाँजाउन्मुलन नेपाल आफ्नो पहिलो एजेण्डा भएको पनि सुनाए । उनले समाज रुपान्तरणलाई सयहोग पुर्याउन आम युवालाई अपिलसमेत गरे । उनले भने,‘नार्कोनन नेपालमा आएकाहरुको भविष्य राम्रो देखेको छु, यो एउटा विश्वविद्यालय हो । यहाँ आएर ९ महिना बसेपछि युवाहरुमा सकारात्मक परिवर्तन आएको छ । यो खुशीको कुरा हो ।’

कार्यक्रममा नार्कोनन नेपालका प्रबन्ध निर्देशक वसन्तरराज कुँवरले ऋषि धमला नेपाली पत्रकारिकाको सेलीब्रेटी भएको बताए । उनले भने,‘ऋषिजी संघर्षशील व्यक्ति हो, धादिङबाट काठमाडौं आएर संघर्ष गरेर पत्रकारिताको माध्यमबाट उहाँले यत्रो हाईट बनाउनुभएको छ। उहाँ नम्वर वान पत्रकार हो । जनताको एजेण्डा बोल्ने र बोक्ने एकमात्रै पत्रकार हो । म उहाँलाई सम्मान गर्न चाहन्छु । उहाँसँग सहकार्य गर्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्