Logo

तालिवानको उदयपछि पाकिस्तानको ध्यान काश्मिर



एजेन्सी, २८ भदौ । पाकिस्तानको साथ रहेको तालिवानले अगस्त १५ मा अफगानिस्तान कब्जा गर्न सफल भएको थियो । यसपटक अमेरिकालाई परास्त गर्न पाकिस्तानले तालिवानलाई निकै साथ दिएको सञ्चारमाध्यमहरुमा उल्लेख भइरहेको छ ।

पाकिस्तान अब काश्मिर तिर आफ्नो निशाना बनाइरहेको टाइम्स अफ इन्डियाले लेखेको छ । पाकिस्तानले आइतबार भारतविरुद्ध १३१ पृष्ट लामो दस्तावेज तयार गरी सार्वजनिक गरेको छ । उक्त दस्तावेज पाकिस्तानका विदेश मन्त्री शेख मोहम्मद कुरेशीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।

पाकिस्तानले तयार पारेको दस्तावेजमा भारतले काश्मिरमा मानव अधिकार हनन गरेको र आंतवादी संगठन आइएसलाई संरक्षण गरिरहेको आरोप लगाइएको छ । पाकिस्तानी विदेश मन्त्रीका प्रवक्ता असिम इफतिकारको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘भारतले काश्मिरमा आइएसलाई संरक्षण गरिरहेको छ । आइएसको क्याम गुलमार्ग, रायपुर, जोधपुर, चक्राता, अनुपगढ र बिकानेरमा रहेको छ । र, उनीहरुलाई भारतले संरक्षण गरिरहेको छ । भारत संरक्षीत आइएसले आउने दिनमा स्वतन्त्रताको नारा अन्र्राष्ट्रिय आतंवादी संगठन सित लगाउन सक्ने छ ।’

पाकिस्तानले तालिवानलाई समर्थन गरेको समेत बताइएको छ । पाकिस्तानी विदेश मन्त्री कुरेशीका अनुसार काश्मिरी नेता सइद अली गीलानीको हत्या भएपछि भारतविरुद्ध पाकिस्तान सरकारले दस्तावेज निकालेको बताएका छन् । भारतले चीनलाई काउन्टर दिन प्रत्येक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन खोजिरहेको दस्तावेजमा भनिएको छ । काश्मिर मामलामा पाकिस्तानले निकै चासो लिइरहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्