Logo

सिभिल हस्पिटलमा अब अनलाइनबाटै डक्टरको समय लिन सकिने



काठमाडौं, २८ भदौ । काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा अब अनलाइनबाटै डक्टरको समय लिन सकिने भएको छ । यसका लागी अस्पतालमा सिभिल हस्पिटल अफ नेपाल–बुक अपोइन्टमेन्ट नामक मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

सेवाग्राहीलाई व्यवस्थित सेवा दिने उद्देश्यसहित हस्पिटलले नयाँ एप सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।अंग्रेजी र नेपाली दुवै भाषामा चलाउन सकिने यस एपमा प्रयोगकर्ताले सजिलै रजिस्ट्रेशन गरी आफू वा परिवार र साथीभाइका लागि अपोइन्टमेन्ट बुक गर्न सकिने साथै मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, खल्ती, एससीटी लगायतबाट शुल्क भुक्तानी गर्न सकिने बताइएको छ ।

साथै एपबाट आफ्ना मेडिकल रेकर्डमा पहुँच राख्न र जुनसुकै बेला प्रयोग गर्न सकिने बताइएको छ । प्रयोगकर्ताले बिभागमा उपलब्ध डाक्टरको सूची हेरेपछि आफूले चाहेको डक्टरको समय एपबाटै बुक गर्न सकिने व्यवस्था मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्