Logo

जनताको मन जित्न, भिज्दै भाषण गर्दै विप्लव (भिडिओसहित)



काठमाडौं, २८ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले एमसीसी खारेजीको मागसहित आयोजित विरोध सभालाई सम्बोधन गरिरहेका छन् । काठमाडौंको खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गरिरहँदा दर्के झरी परेको थियो । तर, विप्लवले छाता ओढेनन् । उनले उपस्थित् जनसमूदायको मन जित्नको लागि छाता नओढी आफ्नो भाषण जारी राखेका छन् ।

‘विप्लव’ ले आफ्नो देशको रक्षाको लागि अग्रजले बलिदानी दिएको भन्दै आफूहरु पनि अग्रजको अनुयायी हुन चाहेको बताएका छन् । हरेक नेपालीले अहिले एक छाक मिठो र सुखसँग खान पाईयोस भन्ने चाहेको बताउँदै उनले देश बनाउनको लागि आफूहरुले थुप्रै क्रान्तिमा भाग लिएको पनि बताए ।

उनले मुठ्ठिभर दलालबाट देशलाई मुक्त गर्नुपर्नेमा उनको जोड थियो । उनले आवश्यक पर्यो भने संसदीय सत्ता, दलाल सत्ताको विरुद्धमा फेरि संघर्षमा उत्रिन चाहेको पनि बताए । नेपाली जनता बलिदानीबाट प्राप्त बनेको सत्ता बनाउन चाहेको र त्यसको लागि आफूहरु लड्न तयार रहेको उनको भनाई थियो ।

उनले देशमा पछिल्लो समय भ्रष्टाचार मौलाएको भन्दै बालुवाटारको जग्गा बेचेर खाएको भन्दै कडा प्रश्न गरे । उनले आफूहरुले उक्त प्रकरणको विरुद्धमा लडेको पनि सुनाए । उनले आफ्नो पार्टीमाथि प्रतिबन्ध र दमन गरिएको पनि स्मरण गराए । उनले आफूहरु जनताको पक्षमा मूल्य चुकाउन तयार रहेको र चुकाएको पनि दाबी गरे । तीन बुँदे सहमति भएर आफूहरु खुल्ला राजनीतिमा आएको सुनाउँदै आफ्नो पार्टी वचनमा प्रतिबद्ध रहेको महासचिव विप्लवको भनाई छ ।

उनले भने,‘हाम्रो आवाज न्यायको आवाज हो । सत्यको आवाज हो । हामी नेपाली जनताको अधिकार चाहन्छौं । हामीलाई व्यक्तिगत ढंगले केही पनि चाहिँदैन् । स्वाधिन राष्ट्रको लागि हामी लडेका छौं । न्यायको लागि संघर्ष भएको हो । बन्दुक त जनताको अगाडि केही पनि होईन । आमाहरुको मायाले हामी टिकेका छौं । बन्दुकको कुरा नगर्नुहोस अहिले, जनताको तागद बम र बन्दुकभन्दा बलियो हुन्छ । हामीसँग नौजवान युवाहरुको साथ छ ।’



प्रतिक्रिया दिनुहोस्