Logo

संक्रमितको संख्या घट्दै, आज १२ सय संक्रमणमुक्त



काठमाडौं, २८ भदौ । केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ८६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७८ हजार ३ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४० हजार ७ सय ७० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टाका १६ हजार ५ सय ३९ जनाको परीक्षणमा ११ सय ४९ पिसीआर र ३ सय ३७ एन्टिजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्