Logo

आज थप १६ संक्रमितको मृत्यु



काठमाडौं, २८ भदौ । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो मृत्युदर १ दशमलव ४१ प्रतिशत हो ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ८६ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ७८ हजार ३ सय १२ पुगेको छ ।

आज १ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टाका १६ हजार ५ सय ३९ जनाको परीक्षणमा ११ सय ४९ पिसीआर र ३ सय ३७ एन्टिजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्