Logo

काठमाडौंमा ४ सय २६ संक्रमित थपिए



काठमाडौँ, २८ भदौ । आज देशभर १४ सय ८६ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय २६ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ३०१, ललितपुरमा ६८ र भक्तपुरमा ५७ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ८६ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या ७ लाख ७८ हजार ३ सय १२ पुगेको छ । पछिल्लो २४ घन्टामा देशभर २६ हजार ६ सय ३० जना संक्रमितको उपचार भैरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्