Logo

एस.आर.डी. कन्स्ट्रक्सनका दुई संचालकमाथि अख्तियारको मुद्दा



काठमाडौं, २८ भदौ । एस.आर.डी. कन्स्ट्रक्सन नवलपरासीका संचालकहरु रमेश पराजुली र सन्दिप के.सी. माथि अख्तियारले मुद्दा दायर गरेको छ । द्धय संचालकलाई भष्टाचार गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पराजुली र केसीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल नगरपालिका अन्तर्गत पानभार खोलाको आ.व. २०७५/०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासी सन्दर्भमा सुनवल नगरपालिकाबाट प्रमाणित रसिद प्रयोग गरी रकम उठाउनुपर्नेमा प्रमाणित नगरिएको फर्जी बिल प्रयोग गरी ७५ लाख ८० हजार ६ सय ४९ रुपैयाँ लिएको पुष्टि भएको हो ।

द्धय संचालकलाई कानुन बमोजिम मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्