Logo

सानिमा बैंक र सामसुङको फ्लायगसिपबीच सहकार्य, अब बैंकका ग्राहकले किस्तामा सामसुङको फोन किन्न पाउने



काठमाडौं, २८ भदौ । अब सामसुङको फ्लायगसिप स्मार्टफोन शुन्य प्रतिशत मासिक किस्तामा सानिमा बैंकका ग्राहकले खरिद गर्न पाउने भएका छन् । बैंक र नेपालमा सामसुङको आधिकारीक विक्रेता रहेको आइएमएस नेपालबीच आज सम्झौता भएको हो ।

बैंकको अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्टफानहरु जेड फोल्ड थ्रि र जेड फिल्प थ्रि शुन्य प्रतिशत मासिक किस्तामा १२ महिना समयअवधिका लागि प्रि–बुकिङ्ग गर्न सक्नेछन् । ग्राहकहरुले यस प्रि–बुकिङ्ममा आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

भदौ २० गतेबाट प्रि–बुकिङ सुरु भएको उक्त फोनको लन्च असोज ६ गते हुनेछ । यस प्रि–बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजस्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेको आधिकारीका आउटलेटबाट गर्न सकिने जनाइएको छ ।

बैंकका ग्राहकले सानिमाको क्रेडिट कार्डको लागि यस लिंक मार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १०४ वटा कार्यलय तथा ९६ वटा एटिएम संचालनमा रहेको छन् ।



प्रतिक्रिया दिनुहोस्