Logo

नयाँ नोट वितरण सुरु



काठमाडौं, २८ भदौ। कोरोना भाइरस महामारीमा भिडभाड नहोस् भनेर दशैं आउनु भन्दा एक महिना अगाडी नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नयाँ नोट वितरण गर्न सुरु गरेको छ ।

राष्ट्र बैंकले यस पटक गएका वर्षको भन्दा छिट्टै नयाँ नोटको व्यवस्था गरेको जनाएको छ । राष्ट्र बैंकले भने घटस्थापना पछि मात्र वितरण गर्ने जनाएको छ । गत वर्ष कोभिड–१९ का कारण नयाँ नोट वितरण गर्न सकेको थिएन ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटहरु वितरण गर्न सुरु गरेको हो ।



प्रतिक्रिया दिनुहोस्