Logo

सभामुखले बोलाएको सर्वदलीय बैठक बिना निश्कर्ष सम्पन्न, एमालेलाई मनाउन सुझाव



काठमाडौं, २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । संघीय संसद् भवनमा बसेको बैठक बिना निश्कर्ष सम्पन्न भएको हो । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलका नेताहरुसँग छलफलको लागि आह्वान गरिएको बैठकमा भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित् भएका छन् । एमालेले सर्वदलीय बैठक नै बहिष्कार गरेको हो ।

बैडकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवाल लगायतको सहभागिता थियो ।

बैठकमा उपस्थित् नेताहरुले सभामुख सापकोटालाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई मनाउनको लागि र सहमतिमा ल्याउनको लागि अझै पहल गर्न पनि सुझाव दिएका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्