Logo

‘मैले केपी ओलीबिनाको बैठकले कुनै परीणाम ल्याउदैन भनेर भनें’ : महन्थ ठाकुर (भिडिओसहित)



काठमाडौं, २८ भदौ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिनाको बैठकले निश्कर्ष नदिने कुरामा जोड दिएका छन् । आज सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली उपस्थित् नभएपछि ठाकुरले आफूले यस्तो धारणा बैठकमा राखेको स्मरण गराए ।

उनले भने,‘आजको बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । यसले कुनै परीणाम दिएन् । हुन त मैले पनि आजको बैठकमा केपी ओली (उहाँ) बिनाको बैठकले परीणाम दिँदैन भनेर भनेको थिएँ ।’ तर, संसद् खुलाउनको लागि सभामुखले प्रयास भने जारी राख्नुपर्नेमा जोड दिए ।

आजको बैठकमा आफूले संसद् अवरुद्ध एमालेले मात्रै गरेको पहिलोपटक नभएको भन्दै यसअघि ५९ पटक पनि अवरुद्ध भएको स्मरण गराए । आजको बैठकमा सभामुखले संसद् बैठक सुचारु गर्नको लागि प्रयास गरिरहेको कुरा जानकारी दिएका थिए ।

तस्विर तथा भिडिओ : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्