Logo

कांग्रेसको पोखरा महानगरमा २२ वर्षीय युवाको उपसभापतिमा उम्मेद्वारी दर्ता



कास्की, भदौ २८ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको सर्गर्मी बढिरहेको समयमा नेपाली काँग्रेस कास्कीको वडा अधिवेशन सम्पन्न भइसकेको छ नेपाली काँग्रेसको स्थानीय तहको अधिवेशन असोज ९ गतेलाई तोकिएको छ ।
नेपाली काँग्रेसको तल्लो तहबाटनै युवाको बाक्लो उपस्थिति रहेको कास्कीमा यसपटक पोखरा महानगरको निर्वाचनमा उप–सभापति पदमा २२ वर्षीय निर्दोष विक्रम पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् ।
देशकै भौगोलिक रुपले सबै भन्दा ठूलो महानगर पोखरा महानगरमा निर्दोषको उम्मेद्वारी अर्थपूर्ण रहेको जानकारहरु बताउँछन् ।

पोखरामा नेविसंघको राजनीतिमा सक्रिय पौडेल आफ्ना पिताको प्रेरणाले राजनीतिमा होमिएका हुन् गण्डकी अञ्चलका तत्कालीन समयका चर्चित विद्यार्थी नेता अर्जुन पौडेलका पुत्र हुन् निर्दोष विक्रम पौडेल ।
जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत पौडेल नेविसंघ जनप्रिय बहुमुखी क्याम्पसको वरिष्ठ उपाध्यक्ष हुन् । पोखरामा उच्च माध्यमिक तह अध्ययन हुने विद्यालयमा नेविसंघको संगठन बिस्तारमा भूमिका गरेका पौडेल युवा पंक्तिमा लोकप्रिय छन् ।

३ वटै क्षेत्रमा फैलिएको पोखरा महानगरमा युवा उम्मेद्वार निर्दोष उपसभापति उम्मेद्वारहरु मध्ये बलिया उम्मेद्वार हुन् ।



प्रतिक्रिया दिनुहोस्