Logo

रामनारायण बिडारीको दाबी : नेपालका अहिलेसम्म भएका सबै मन्त्रीहरु अयोग्य हुन्, यसको मसँग प्रमाण छ (भिडिओसहित)



काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद रामनारायण बिडारीले आफू मन्त्री बन्न योग्य भएको भन्दै कसैको चाकडी गर्नु नपर्ने बताएका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दैै उनले यस्तो बताएका हुन् । उनले अहिलेसम्म भएका मन्त्रीहरुलाई अयोग्य भएको पनि दाबी गरे ।

उनले भने-“अहिलेसम्म अधिकांश मन्त्रीहरु अयोग्य भए, यसको मसँग प्रमाण छ । संसारको गरिब राष्टको लिष्ट बनाउँदा नेपाल पर्छ कि पर्दैन् ? तीन करोड जनता मात्रै भएको यो सानो देश गरिब हुनुपर्ने, यो देश गरिब भएको कारण मन्त्री भएकाहरु सबै अयोग्य हुन् । अयोग्य नै अपवादबाहेक मन्त्री बन्न सक्छन् । म मन्त्री बन्न योग्य छु । मलाई मन्त्री बनाईदेउ भनेर प्रचण्डको घरमा धाएको छैन् । म प्रचण्डको चाकडी गर्ने व्यक्ति होईन । तपाईँले प्रचण्डलाई सोध्नुभयो भने पनि उहाँले चाकडी नगर्ने व्यक्ति नै रामनारायण बिडारी हो भन्नुहुन्छ । अहिलेसम्म म प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएको छैन् । माधव नेपाललाई पनि भेट्न गएको छैन् । माधव नेपालको कारण प्रतिनिधिसभा विघटनबाट जोगियो ।” उनले एमाले अध्यक्ष केपी शर्मा ओली रहुञ्जेलसम्म नेपालको राजनीति यस्तै भाँडभैलो हुने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्