Logo

संसदीय व्यवस्था ध्वस्त पार्न एमाले लागिपर्यो भन्दा मान्छे हाँस्छन् : विशाल भट्टराई (भिडिओसहित)



काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीमाथि संसदीय व्यवस्था ध्वस्त पार्न लागिपर्यो भनेर आरोप लगाउँदा मान्छे हास्ने बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले एमालेको कारण सदन अवरुद्ध भएको हो भन्ने लागेको हो भने एमालेका शीर्ष नेताहरुसँग छलफल गरे भैगयो नि भन्ने पनि उनको टिप्पणी थियो ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमाले विभाजन गर्नको लागि सभामुख सापकोटा मतियार बनेको आरोप लगाए । उनले सभामुखसँग अब दुई वटा मात्रै विकल्प रहेको सुनाए । पहिलो आफूहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाही सदर गर्नुपर्ने वा निकास दिनुपर्ने भन्दै उनले राजीनामा समेत मागेका छन् ।



प्रतिक्रिया दिनुहोस्