Logo

प्रदेश–१ का मुख्यमन्त्री आचार्य अल्पमतमा



काठमाडौं, भदौ २९ । नेकपा एकीकृत समाजवादीले प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश–१ को सरकार अल्पमतमा परेको छ ।

प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार नेकपा एकीकृत समाजवादीकी सांसद सावित्रा रेग्मीले प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै नेकपा एमालेमा हुँदा आफूहरूको समर्थनमा बनेको मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए। उनले अब, नेकपा एसको नेतृत्वमा नेयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए ।

नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश–१ को सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परिसकेकाले नयाँ सरकार गठनका लागि पनि एकीकृत समाजवादीले पहल थाल्ने तयारी गरेको छ । नयाँ सरकार गठनका लागि पहल गर्न दुई सदस्यीय वार्ता समितिसमेत एकीकृत समाजवादीले गठन गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्