Logo

दैनिक दुईवटा झोलुङ्गे पुल निर्माण



काठमाडौं, भदौ २९ । देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका हुन् ।

सरकारले चालू आर्थिक वर्षमा ७३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । हालसम्म देशभर नौ हजार २०० झोलु्ङ्गे पुल निर्माण भइसकेका छन् । मागअनुसार अझै करिब पाँचदेखि छ हजार झोलुङ्गे पुल निर्माण गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

निर्माण सम्पन्न पुलमध्ये सङ्घीय सरकारले ११० वटा र प्रदेश र स्थानीय तहले ६२० गरी यस वर्ष ७३० वटा झोलुङ्गे पुल बनाएका छन् । गत वर्ष सरकारले ६२१ वटा यस्ता पुल निर्माण गरेको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्