Logo

यात्रुवाहक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ जना घाइते



नवलपरासी, भदौ २९। नवलपुरको गैंडाकोट थुम्सीमा यात्रु वाहक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

मंगलबार बिहान गैंडाकोट नगरपालिका–१० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक आपसमा ठोक्किएर बिहान ४ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । अन्य घाइतेको सोही अस्पतालमा उपचार भैरहेको छ।



प्रतिक्रिया दिनुहोस्