Logo

दशैं र तिहार लक्षित गर्दै टिसिएलले ल्यायो ‘क्यासब्याक र बम्पर उपहार’ योजना



काठमाडौं, २९ भदौ । इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशै तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

५८ हजार सात सय रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत दुई जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टिभी समेत जित्न सकिने व्यवस्था गरिएको छ ।

यस योजना अन्तर्गत कम्पनीका विभिन्न सामान जसमा एलइडि टिभीको खरिदमा ५८ हजार सात सय रुपैयाँ सम्मको, वाशिङ मेसिनको खरिदमा २० हजार एक सय, एसिको खरिदमा ५१ हजार पाँच सय रुपैयाँ सम्मको साथै चार हजार रुपैयाँ बराबरको निशुल्क एसि जडान र वाटर डिस्पेन्सरको खरिदमा चार हजार दुई सय रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सकिनेछ । साथै कम्पनीले आफ्नो विभिन्न सामानमा विभिन्न किसिमका वारेण्टी र निशुल्क डेलीभरी पनि प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्