Logo

एभरेष्ट बैंकको एभरेष्ट उत्सवमय अफर



काठमाडौं, २९ भदौ । एभरेष्ट बैंकले चाडपर्वलाई ध्यानमा राख्दै एभरेष्ट उत्सवमय अफर ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै घर भाडा भन्दा सस्तो घर कर्जा, स्वरोजगार तथा उद्यमीको लागी साना तथा मझौला उद्योग कर्जा, आफ्नै सावारी साधनको लागि गाडी तथा मोटरसाइकल कर्जा तथा व्यक्तिगत प्रायोजनको लागि व्यक्तिगत कर्जा योजना ल्याएको हो ।

यस कर्जा योजनामा घर कर्जा ७.४८ प्रतिशत साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत गाडी कर्जा ६.८८ प्रतिशत मोटरसाइकल कर्जा ७.९९ प्रतिशत तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ ।



प्रतिक्रिया दिनुहोस्