Logo

केएनपिले ल्यायो दशैंको अवसरमा रङ्गमा दङ्ग योजना



काठमाडौं, २९ भदौ । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले दशैंको शुभ अवसर पारेर पुनः एक पटक रङ्गमा दङ्ग योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले केएनपि इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको भ्याट सहित हरेक ६० हजारको खरिद गरी लक्की ड्र मा सहभागी हुन सक्नेछन् ।

यस योजनामा लक्की ड्र मार्फत हरेक हप्ता एक जना भाग्यसाली विजेताले २० हजार रुपैयाँ जित्न सक्नेछन् । त्यसै गरी योजना अवधिभर एक जना भाग्यसाली विजेताले पाँच लाख नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

यसका साथै ग्राहकले हात खाली नजाने उपहार अन्तर्गत एक थान केएनपि थाली सेट प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्