Logo

नेपाल र रुसबीच पर्यटन प्रर्वद्धन सहकार्यमा जोड



काठमाडौं, २९ भदौ । नेपाल र रुस बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदुतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभा बीच भेटवार्ता भएको छ ।

नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै देशबीच लामो सम्बन्ध रहि आएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सकिने कुरामा जोड दिइएको थियो । भेटका क्रममा दुवैदेशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदान प्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो ।

बोर्डका कार्यकारी प्रमुख रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपालले विस्तारै पूर्ण खोप लगाएका पर्यटकबाट पर्यटनलाई सुचारु गर्ने गरी काम गरिरहेको जानकारी दिए । उनले साहसिक पर्यटनमा रुची राख्ने रुसी पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताए । उनले नेपालका विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताए । उनले पर्यटन बोर्ड र नेपाल स्थित रसियन कल्चर सेन्टरसँगको सहकार्यमा भाषा प्रशिक्षण, नेपालको एतिहासिक सहर भक्तपुर र रुसको एतिहासिक सहर ड्रविन बीच भगिनी नगरेको सम्बन्ध स्थापना गर्ने लगायतका विषयमा सहकार्य गरेर काम काम गर्न सकिने बताए ।

नेपालका लागि रुसी राजदुतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाले नेपालको कला संस्कृति र विविधता प्रति रुसी पर्यटक मोहित हुने गरेको उल्लेख गर्दै उनले रुसी नागरिकले नेपाललाई उत्कृष्ट गन्तव्य रुपमा लिने गरेको बताईन् । रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाण्डौंका निर्देशक समेत रहेकी आन्द्रोसोभाले दुवै देशबीचको सांस्कृतिक तथा पर्यटकीय अनुभव आदान प्रदान गर्न आफुहरु सदा तयार रहेको बताईन् । उनले बोर्डले अघि सोरका विषयहरूमा आफुहरूले उचित पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्