Logo

समृद्ध तनहुँका एजेन्डासहित बिपिन अधिकारीको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी



काठमाडौं, २९ भदौ । नेपाल विद्यार्थी संघ तथा नेपाली कांग्रेसका युवा नेता विपिन्द्र अधिकारी (विपिन)ले तनहुँ क्षेत्र न. १ बाट महाधिवेशन प्रतिनिधीको उम्मेद्वारी घोषणा गरेका छन् ।

नेविसंघमा लामो समयदेखि राजनीति गर्दै आएका अधिकारीले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि मंगलबार (आज) सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशन प्रतिनिधीको उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले १४औं महाधिवेशनले नैतिकवान, विशेष आचरण युक्त, स्वावलम्बी र वैचारिक व्यक्तित्वहरुलाई प्रोत्साहन गर्नेमा आफु बिश्वस्त रहेको बताए । नेता अधिकारीले युवा पुस्ताले राजनीति र सामाजिक सेवाको आर्दशको बाटोलाई वेवास्था गर्दा दिमाग र नैतिकताको भन्दा राजनीतिमा पैसा र शक्तिको प्रभाव बढेको जिकिर गरे ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम