Logo

गैँडाकोट दुर्घटनामा ज्यान गुमाउनेको सनाखत



काठमाडौं, भदौ २९ । मंगलबार बिहान चार बजे पूर्व पश्चिम राजमार्गको गैँडाकोट १० स्थित ‘२३ स्मृति पुल’ नजिक भएको सवारी दुर्घटनामा मृत्यु भएका तीन जनाकै सनाखत भएको छ ।

ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार बर्दिया जिल्ला बासवारी नगरपालिका ८ बस्ने बर्ष अन्दाजी ७० की योग माया सुवेदीको भरतपुर सरकारी अस्पताल, चितवनमा, कञ्चनपुर जिल्ला बस्ने बर्ष अन्दाजी ३५/४० कि रंगी तिरुवाको नयाँ मेडिकल कलेज, चितवनमा र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने बर्ष अन्दाजी ३०/३५ को कृष्ण रानाको नयाँ मेडिकल कलेज, चितवनमा मृत्यु भएको हो ।

सिंगल लेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रकले पूर्वबाट पश्चिम (काकँडभित्ता देखि महेन्द्रनगर)तर्फ जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्वरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खसेको थियो । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूकाे पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये ३ जना गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्