Logo

भारत अफगानी नागरिकको साथमा छ : जयशंकर



एजेन्सी, २९ भदौ । भारतले अफगानी नागरिकलाई सधै साथ दिने भारतका विदेशमन्त्री एस जयशंकरले बताएका छन् । विगतका दिनमा पनि भारतले अफगानी नागरिकलाई साथ दिएका स्मरण गराउँदै अगामी दिनमा पनि साथ दिने विश्वास जयशंकरले दिलाएका छन् । संयुक्त राष्ट्रसंघको अफगानिस्तान मामलाका लागि बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।

जयशंकरको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम हिन्दूले लेखेको छ,‘अफागनी नागरिकलाई विगत झै सधै साथ दिने छौँ । अफगानिस्तानलाई उकास्न विश्वलाई त्यस क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्छ ।’ संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले खेलेको भूमिका निकै सराहनिय रहेको भन्दै त्यहाँका नागरिकलाई राष्ट्रसंघले सहयोग पुर्याएको समेत उनले बताए ।

२० वर्षपछि अमेरिकी सैनिकलाई अफगानिस्तानबाट निकाल्न कतारमा रहेको तालिवानको कार्यलय र अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादको मुख्य भूमिका रहेको उनले बताए । अफगानिस्तान ममलामा संयुक्त राष्ट्रसंधलाई मध्यास्तरको भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन् । विदेशमन्त्री जयशंकरले नयाँ दिल्लीले अफगानिस्तानमा विगत दुई दशकदेखि ३ खर्ब भन्दामाथि लागानी गरिसकेको र अगामी दिनमा पनि अफगानिस्तानको विकासका लागि सहयोग गर्ने विश्वास दिलाए । भारतले विगतमा ५०० भन्दा बढी प्रोजेक्टहरुमा लगानीको साथ विभिन्न क्षेत्रहरुमा लगानी गरेको विषयलाई प्रकाश पारेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्