Logo

वेदव्यासको सल्लाहमा ३ वर्षमा गणेशद्वारा लेखिएको महाभारत



एजेन्सी, २९ भदौ । यदी कोही लेखनमा कौशल हुन चाहान्छ भने गणेशको पुजा गर्नु निकै आवश्यक हुने पौराणिक मान्यता चलिआएको छ । भगवान गणेशले पौराणिक कथाहरु मानिसहरुसम्म पुर्याउन महर्षि वेदव्यासको सल्लाहमा महाभारत सरल भाषामा लिपिवद्ध गरेका थिए । जुन स्थानमा महाभारत लेखियो त्यो आज पनि भारतको उत्तर खण्डमा रहेको छ । महाभारत लेख्नलाई पुरै ३ वर्ष लागेको थियो ।

दुई विद्धानले ३ वर्ष सम्म सँगै बसेर आ–आफ्नो भुमिका निभाएर महाभारतको कथा लिपिवद्ध गरेका थिए । महर्षि व्यासले एकदम छिटो मु्खले बोलेका थिए र भगवान गणेशले सोही तिव्रगतिमा महाकाव्य लेख्न सुरु गरेका थिए ।

लेखनको क्रममा भगवान गणेशले एकपटक पनि ऋषि वेदव्यासलाई रोक्न भनेनन् । वेदव्यासले पनि द्र्ूत गतिमा शर्तमा पुरा गरेका थिए । दुई ऋषिद्धारा तयार पारिएको महाकाव्य जसले पनि अध्ययन गर्न सक्छ । उनीहरुले १८ पुराणको पनि रचना गरेका थिए ।

श्रीगणेशको पुरै महाभारत कथा उत्तरखण्डमा रहेको मांणा गाउँको एक गुफामा लेखिएको छ । जसको प्रमाण आज पनि हेर्न सकिन्छ । यस गुफामा वेदव्यासले धेरै समय बिताएका थिए र महाभारतको समेत केही पुराणको रचना गरेका थिए । भगवान गणेशले ब्रह्माद्धारा निर्देशित काव्य महाभारतलाई विश्वको सबैभन्दा ठुलो महाकाव्यको वरदान दिएका थिए । जसको लिपिवद्ध स्वयं उनी आफैले गरेका थिए । श्रुतिलेखन सुनेर लेख्ने कार्य हो । वेदव्यासले जुन श्लोक बोल्दथे त्यहि भगवान गणेशले एकदम चाँडै लेख्दथे ।

ब्रह्माले वेदव्यासलाई महाभारत लेख्न अनुरोध गरेपछि कुशल लेख्ने गणेश नै हुन् भनेर वेदव्यासले सोचे र गणेशले पनि निकै कुशलताको साथ महाकाव्य लेख्ने कार्य सम्पन्न गरे ।

 



प्रतिक्रिया दिनुहोस्