Logo

एमाले अध्यक्ष ओली भोलि बुटवल जाँदै, १५ हजारभन्दा बढि कार्यकर्ता सहभागी हुने



काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि बुटवल जाने भएका छन् । रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने जनाईएको छ ।

पछिल्लो समय अध्यक्ष ओली पार्टीका कार्यक्रममा सक्रिय रुपमा सहभागी हुन थालेका छन् । अध्यक्ष ओलीसँगै उपमहासचिवहरु विष्णु पौडेल र घनश्याम भुषाल पनि उक्त कार्यक्रममा सहभागी हुँदैछन् ।



प्रतिक्रिया दिनुहोस्