Logo

असोज २ बाट ‘स्वच्छ पशुपति अभियान २०७८’ शुरु हुँदै, संयोजकमा डा. श्याम खड्का



काठमाडौं, २९ भदौ । पशुपतिनाथमा स्वच्छ पशुपति अभियान २०७८, शुरु हुने भएको छ । डा. श्याम खड्काको संयोजकत्वमा शुरु हुने अभियान आगामी असोज २ गते (शनिवार) देखि शुरु हुने भएको हो । ‘हाम्रो आस्था, सम्पदा र संस्कृति सभ्य नागरिक स्वच्छ पशुपति’ नारा दिदैं स्वच्छ पशुपति अभियान २०७८, सुरु हुने भएको हो ।

स्वच्छ पशुपति अभियानको शुरुवात वरिष्ठ कलाकार शिव श्रेष्ठको प्रमुख आतिथ्यमा हुने संयोजक डा. खड्काले बताए । उक्त दिन अन्य चर्चित कलाकारहरुको पनि उपस्थित रहने छ । कार्यक्रम हरेक शनिवार बिहान ८ वजे देखि १० वजेसम्म हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।

श्रीपशुपतिनाथलाई सफा र स्वच्छ राख्नु पनि धर्म हो । अब श्रीपशुपतिनाथमा सरसफाई लगायत स्वच्छताका लागि विभिन्न स्थानहरुमा बृक्षारोपण अभियान पनि शुरु हुने कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए । अबको पशुपति हराभरा पशुपति हुने र एक भक्त एक बृक्ष नामक अभियान समेत शुरु हुने सदस्य सचिव डा.थापाले जनाए । पशुपति क्षेत्र परिसरमा रुद्राक्ष, श्रीखण्ड,बर पिपल ,पारिजात, वेल तथा अन्य धार्मिक बृक्षको उद्यान बनाईने समेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्