Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजे बस्दै, यही हुन एजेण्डा



काठमाडौं, २९ भदौ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । अध्यक्ष दाहालले आज दिउँसो ३ बजेको लागि बैठक बोलाएका हुन् । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा असोज ३० बाट हुन लागेको सम्मेलनका लागि निर्वाचन नियमावली र निर्वाचन निर्देशिका तयार पारिने नेताहरुले बताएका छन् ।

यसको अलावा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पनि आजको बैठकमा तय गरिने जनाईएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिने भन्दै सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुसँग नाम मागिसकेका छन् । तर, अहिलेसम्म गठबन्धनमा आवद्ध दलका नेताहरुले भने प्रधानमन्त्रीलाई मन्त्री बन्नेहरुको नाम बुझाउन सकेका छैनन् । file photo



प्रतिक्रिया दिनुहोस्